बिहीबार, भदौ १४, २०७५
सोमबार, माघ १, २०७४
  आर्थिक खबर संवाददाता

कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा



कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

 

पोखरा, १ माघ - कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् । 

गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् । 

बीमा दर्ता गरेबापत समितिले रु तीन करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा बीमा दर्ता गराएका ३८ हजार नागरिकले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु तीन करोड ५० लाख भुक्तानी गरिसकेको छ । 

विसं २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको र बीमा दर्ता गरेका सदस्यले कास्कीका १० सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाइरहेका छन् । समितिले एक्सरे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेशिन पनि उपलब्ध गराएको छ । 

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् । 

जिल्लामा हाल १०५ जना बीमा दर्ता सहयोगी जिल्लाको एक महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । यो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्नेछ । प्रति पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० योगदानमा आधारित रकम बुझाउनु पर्नेछ । 

परिवारमा पाँचजनाभन्दा बढी सदस्य भए प्रतिसदस्य रु ४२५ का दरले थप रकम बुझाउनु पर्नेछ । सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार रहेको छ र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ । 

IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all