बिहीबार, भदौ १४, २०७५
मंगलबार, जेठ २९, २०७५
  आर्थिक खबर संवाददाता

बैंकर्स संघको सिन्डिकेट तोडियो, बैंकहरु बीच बढि ब्याज दिने प्रतिष्पर्धा



बैंकर्स संघको सिन्डिकेट तोडियो, बैंकहरु बीच बढि ब्याज दिने प्रतिष्पर्धा

२९ जेठ, काठमाडौं - बैंकिङ क्षेत्रमा सिन्डिकेट चलाउँदै आएको नेपाल बैंकर संघले बैंकहरूमा लादेको व्याजदरमाथिको सिन्डिकेट फिर्ता लिएसँगै बचतकर्ताहरूले बैंकमा पैसा राख्दा बढि व्याज पाउने भएका छन् । यसका लागि बैंकहरू बचतकर्ताहरूलार्इ बढि व्याज दिने प्रतिष्पर्धामा उत्रेका छन् ।

यसअघि ब्याजदर बढि दिन खोज्दा सिन्डिकेटको शिकार भएको एनआर्इसी एसिया बैंकले सिन्डिकेट तोडिएपछि निक्षेपकर्तालार्इ १२ प्रतिशत ब्याज दिने योजना सक्रिय पारिसकेको छ । सिभिल बैंकले एनआर्इसीलार्इ उछिन्दै निक्षेपकर्तालार्इ १२.२२ प्रतिशत व्याज दिने घोषणा गरेको छ । २ सय २२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत र चन्द्रसूर्य वचत खातामा १० प्रतिशत बार्षिक ब्याज दिने बैंकले जानकार दिएको छ ।

बैंकहरूले धमाधम ब्याजदर बढाउदै तरलता खिच्न थालेपछि यसअघि कम ब्याज दिने बैंक तथा वित्तीय संस्थालार्इ पनि जतिसम्दो छिटो ब्याजदर बढाउन दबाब परेको छ ।
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all