बिहीबार, भदौ १४, २०७५
बिहीबार, जेठ ३१, २०७५
  आर्थिक खबर संवाददाता

विकास बैंकले ल्याउन थाले नयाँ व्याजदर



विकास बैंकले ल्याउन थाले नयाँ व्याजदर

३१ जेठ, काठमाण्डौं - वाणिज्य बैंकहरुलाई पछ्याउदै विकास बैंकहरुले पनि निक्षेपको व्याजदर बढाउन थालेका छन् ।

यसअघि नेपाल बैंकर्स संघले व्याजदरको सीमाका सम्बन्धमा गरेको व्यवस्था  खारेज गरेसँगै बैंकहरु उक्त सीमाभन्दा माथि जना थालेका हुन् । यस क्रममा देवः विकास बैंक ले पनि १२ प्रतिशतको व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले साधारण बचत तर्फ ९ प्रतिशतसम्मको व्याजमा दिने प्रस्ताव गर्दै मुद्धती निक्षेपमा १२ प्रतिशतसम्मको व्याजदर घोषणा गरेको हो ।

नेपालका बैंकहरुको व्याजदर अन्य मुलुकको तुलनामा उच्च दरको रहेको भन्दै सम्बद्ध पक्षले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराई रहेका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने मिति नजिकिँदै गर्दा यस्तो आवाज उठे पनि अहिले नै बैंकहरु निक्षेप बढाउने प्रतिष्पर्धामा लागेका हुन् ।

यसरी महँगोमा निक्षेप संकलनका अफर आउँदै कर्जाको व्याजदर १७ प्रतिशतसम्म पुग्न थालेको छ । परिणाम स्वरुप निर्माण परियोजनाका साथै उपभोक्तासँग प्रत्यक्ष जोडिने सेवा क्षेत्रको लागत बैंकहरुको उच्च व्याजदरका कारणले नै बढ्दै गएको छ ।

 
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all