८ असार ,हेटौंडा – मंगलबार देखि सुरु नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला १९ बुँदे ‘हेटौंडा घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ ।
काभ्रे कांग्रेसका सभापति मधु आचार्यले घोषणापत्र वाचन गरी सुनाएका थिए ।
घोषणापत्रमा महासमितिको बैठकको मिति र स्थान अविलम्ब तोक्न घोषणापत्रमा पार्टी नेतृत्वसमक्ष माग गरिएको छ ।
भूकम्पपीडितलाई थप एक लाख दिने, ६५ वर्षमा बृद्धभत्ता दिने लगायता देउवा सरकारका निर्णयलाई निरन्तरता दिने घोषणापत्रमा उल्लेख छ ।
साथै संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकाललाई प्रभाभित पार्ने अभिव्यक्ति, नागरिकको सम्पत्तिको हकलार्इृ कुण्ठीत गर्ने प्रयत्न आदिबाट कम्युनिष्ट सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको घोषणापत्रमा आरोप पनि लगाएको छ ।
हेटौंडा घोषणापत्रमा के के छ ?


