८ असार, काठमाण्डौं - नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आगामी साउन १ गतेबाट पूर्ण स्वचालित अनलाइन शेयर कारोबार प्रणाली शुरु गर्ने भएको छ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली सुरु हुने बताए ।
सोही अनुरुप नेप्सेले साउन १ गतेसम्मको अनलाइनका सम्बन्धमा हुने कामको तालिका समेत सार्वजनिक गरेको छ । नेप्सेले यस अघि नै अहिलेको प्रणाली र अनलाइन प्रणालीलाई समानान्तर रुपमा लैजाने र म्याचिंगको काम पुरानो प्रणालीमा हुने बताएको थियो ।
वाइको प्रालिबाट आवश्यक सबै मोड्यूलहरु एकीकृत रुपमा तयार भइसकेको बताएको नेप्सेले अनलाइन कारोबार प्रणाली सफलतापूर्वक सञ्चालन गर्न समय तालिका सार्वजनिक गरिएको बताएको छ ।