१० असार, गाईघाट - सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ ।
हाल बेलकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताए।
उनले भने, “सप्तकोशीको जेटबोट संखुवासभाको तुम्लिङटार हुँदै सुनकोशी भएर काभ्रेको दोलाल घाटसम्म लान सकिन्छ । एक वर्षभित्र यो योजना सफल बनाउन लागिपरेका छौँ ।”
उदयपुरको बेलकाको डुम्रीबोटे चतरा भएर संखुवासभाको तुम्लिङटारमा जेटबोट पु¥याउन अरुण नदीमा केही स्थानमा ढुंगा हटाउनु पर्नेछ । यसैगरी, सप्तकोशी हुँदै सुनकोशी भएर काभ्रे दोलालघाट जेटबोट लान सुनकोशीका केही स्थानमा पनि ढुंगा फुटाल्नुपर्ने अवस्था रहेको छ ।
आगामी हिउँददेखि एक वर्षभित्र उदयपुरको, बेलका चतरा, तुम्लिङटार, काभ्रेको दोलालघाट मोटरजेट चल्ने बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।
सप्तकोशीबाट सुनकोशी हुँदै काभ्रेको दोलालघाटसम्म जेट सञ्चालन भएमा राजधानी काठमाडौँदेखि सुनकोशी सप्तकोशी भएर पूर्वको जलयात्रा गर्न सहज हुने छ।