११ असार,बामाको - मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् ।
घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ ।
मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाँउमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो शिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिका सहित पशुपालक किसानहरु पनि रहेको जनाएको छ ।
उनीहरूले चारैतिरबाट गाँउलाई घेरे, रक्तपात पूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिएका छन्, स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले भने । उनले घटनामा परी अरु दश जना बेपत्ता भएको पनि जानकारी दिए ।
मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिले सम्म केही पुष्टी गरेको छैन । पछिल्लो तीन वर्षमा मध्य माली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् । फुलानी पशुपालक र बाम्बारा र डोजोङ किसानहरूबीचमा डोजोन ल्याण्डमा झगडा हुँदै आएको छ ।
(रासस)


सेयर बजारमा आगामी वर्षका लाभांस प्रक्षेपणको असर

उही रुट, उही पैसा, आधा ज्यान पार्ने ‘नेपाल यातायात’को सास्तीबाट मेट्रो सिटीको राहत

भैरहवा विमानस्थल निर्माणमा झलनाथ पुत्रको कम्पनीको अवरोध, एक साता देखि काम ठप्प
को हुन् योगी आदित्यनाथ? युपीको मुख्यमन्त्री बनेपछि किन छाइरहेछ तरंग?
