११ असार, झारखण्ड - भारतको झारखण्ड राज्यको एक अदालतले गाईको मासु बिक्री गर्ने ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
गाईको मासुको व्यवसायिक कारखाना खोलेर व्यापार गरेको अभियोगमा ११ जनालाई जन्मकैदको सजाय सुनाइएको हो ।
गाईको मासुको व्यापार गर्ने मुस्लिमविरुद्ध भारतमा कडाई गरिएको भए पनि जन्मकैदको फैसला सुनाइएको थिएन् ।
यसरी गाईको मासुको व्यावसायिक कारखाना खोलेका ११ जना भारतीय मुस्लिम नागरिकविरुद्ध अदालतले यस्तो सजाय पहिलो पटक सुनाएको बीबीसीले जनाएको छ ।
अघिल्लो वर्षमात्र गाईको मासु विक्री गरेको अभियोगमा ५५ वर्षीय अलिमुद्धिन अन्सारीलाई स्थानीयले कुटिकुटी मारेका थिए ।
भारतमा गाईको मासु बिक्री गरेकै नाममा मुस्लिम र हिन्दू समुदायबीच झडप हुँदै आएका छन् ।
गाईको मासु काटेको, बिक्री गरेको र व्यापार चलाएको अभियोगमा पटकपटक मुस्लिम समुदायका भारतीय नागरिक पक्राउ परेपनि यसअघि त्यहाँका अदालतले जन्मकैदको सजाय सुनाएको थिएन ।
गतवर्ष भने गाईको हत्या गरेको आरोपमा पटकपटक भएका झडपमा १० जनाको मृत्यु भएको थियो ।


सेयर बजारमा आगामी वर्षका लाभांस प्रक्षेपणको असर

उही रुट, उही पैसा, आधा ज्यान पार्ने ‘नेपाल यातायात’को सास्तीबाट मेट्रो सिटीको राहत

भैरहवा विमानस्थल निर्माणमा झलनाथ पुत्रको कम्पनीको अवरोध, एक साता देखि काम ठप्प
को हुन् योगी आदित्यनाथ? युपीको मुख्यमन्त्री बनेपछि किन छाइरहेछ तरंग?
