१२ असार,काठमाण्डौं - नागबेली मार्इक्रोफार्इनान्सले लगानीकर्तालार्इ दिन लागेको १०० प्रतिशत हकप्रद शेयरको बुक क्लोज असार २१ गते गर्ने भएको छ। असार २० गतेसम्म मात्र शेयरधनीले हकप्रद भर्न पाउने नागबेलीले जानकारी दिएको छ।
नागबेलीले ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद शेयर बेच्न पूँजीबजार नियामक धितोपत्र बोर्डबाट अनुमति पार्इसकेको छ। बिक्री प्रबन्धकमा नागबेलीले एनएमबी क्यापिटललार्इ नियुक्त गरेको छ ।
चुक्ता पूँजी ७ करोड ६६ लाख ४६ हजार रूपैयाँ रहेको नागबेलीले सो बराबरकै हकप्रद बेचेपछि चुक्ता पूँजी १५ करोड ३२ लाख ९० रूपैयाँ पु-याउनेछ । चालु आर्थिक बर्षको तेसो त्रैमासमा यो लघुवित्तले १ करोड ८३ लाख ९१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।


सेयर बजारमा आगामी वर्षका लाभांस प्रक्षेपणको असर

उही रुट, उही पैसा, आधा ज्यान पार्ने ‘नेपाल यातायात’को सास्तीबाट मेट्रो सिटीको राहत

भैरहवा विमानस्थल निर्माणमा झलनाथ पुत्रको कम्पनीको अवरोध, एक साता देखि काम ठप्प
को हुन् योगी आदित्यनाथ? युपीको मुख्यमन्त्री बनेपछि किन छाइरहेछ तरंग?
