बिहीबार, भदौ १४, २०७५
मंगलबार, असार १२, २०७५
  आर्थिक खबर संवाददाता

ऋणका लागि यौन खोज्ने बैंक म्यानेजर पक्राउ



ऋणका लागि यौन खोज्ने बैंक म्यानेजर पक्राउ


१२ असार, काठमाण्डौं  -  ऋण माग्न आएकी एक ग्रामिण महिलासँग यौन सम्बन्ध बनाउन खोज्ने बैंकका म्यानेजर पक्राउ परेका हुन् ।

भारतको महाराष्ट्र प्रदेशस्थित बुलढाणा गाउँमा रहेको सेन्ट्रल बैंक अफ इन्डियाको शाखाका बैंक म्यानेजरले बैंक लोनका लागि दिएको आवेदनमा ऋण अनुमोदनका लागि यौन सम्बन्ध खोजेका थिए ।

ऋण माग्न गएकी महिलाको फोन नम्बर लिएर पछि कुरो गर्ने भनेर उनले पठाइ दिएका थिए ।

राजेश हिवसे नामका बैंक म्यानेजरको बैंकका अर्दली मनोज चौहानले महिलालाई म्यानेजरसँग यौनसम्बन्ध गरे ऋणको राम्रो प्याकेज पाउने जनाएका थिए ।

महिलाले त्यो संवादको रेकर्डिग गरिन् ।

पतिसँग मिलेर प्रहरीमा ऊजुरी दिइन् ।

यो घटना सुनेपछि गाँउलेहरूले त्यो बैंकमा तोडफोड समेत गरेका छन् ।(एजेन्सी)

IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all