बुधबार, फागुन २२, २०७५
मंगलबार, असार १२, २०७५
  आर्थिक खबर संवाददाता

खाना खाईसकेपछि नगर्नुहोस यी गल्तीहरू, क्यान्सर हुने खतरा दुई गुणा बढ्छ



खाना खाईसकेपछि नगर्नुहोस यी गल्तीहरू, क्यान्सर हुने खतरा दुई गुणा बढ्छ

१२ असार, काठमाण्डौं - केवल स्वस्थ खानाले मात्र शरीर स्वस्थ रहँदैन । यो पनि ध्यान राख्न आवश्यक हुन्छ कि खान खाईसकेपछी हामी के गर्छौँ । खानाको पुरा फाइदा हामीलाई तब मिल्छ जब डाइजेशन सहि तरिकाले भैरहेको हुनेछ र खानाको सम्पूर्ण न्यूट्रीएन्ट्सलाई हाम्रो शरीरले प्राप्त गर्छ ।

तर हामी केही यस्ता गल्तीहरू गर्ने गर्छौँ, जसको हाम्रो शरीरमा नकारात्मक असर पर्छ । यी गल्तीहरू मध्य एक यस्तो गल्ती छ, जसलाई दिनहुँ गर्नाले क्यान्सरको खतरा दुईगुणा बढ्छ । यसकारण चिकित्सकका अनुसार खाना खाईसकेपछी तुरुन्त गर्न नहुने कामलाई यहाँ चर्चा गरिएको छ ।

स्मोकिंग गर्नु

खाना खाईसकेपछी तुरुन्त स्मोकिंग गर्नाले क्यान्सर र मुटु रोगको खतरा दुई गुणा बढ्छ ।

चिया पिउनु

खाना खाईसकेपछी तुरुन्त चिया पिउँदा चियाको पातमा पाईने एसिडिटी प्रोपर्टी एसिडिटीको समस्या बढाउन सक्छ । खाना खाएको १ घण्टा पछी चिया वा कफी पिउन सकिन्छ ।

ब्रश गर्नु

खाना खाईसकेपछी तुरुन्त ब्रश गर्नाले दाँतको इनेमल( माथिल्लो तह) निस्कन्छ । यसले दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ । यसकारण आधा घण्टा पछी ब्रश गर्न सकिन्छ ।

नुहाउनु

खाना खाईसकेपछी आधा घण्टाको भित्र नुहाउँदा डाइजेशन ढिलो हुन्छ । खाना पूर्ण रूपमा डाइजेस्ट नहुनुको कारणले एसिडिटी र कब्जियतको समस्य हुनसक्छ ।

फलफूल खानु

खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसिडिटी र इनडाइजेशन हुनसक्छ । यसो गर्नाले ओभरइटिंग हुनसक्छ, जसले मोटोपन पनि बढ्न सक्छ ।

IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all