बिहीबार, भदौ १४, २०७५
शुक्रबार, पुष १४, २०७४
  आर्थिक खबर संवाददाता

आइएमई लाइफबाट बाहिरिए सिईओ पोखरेल, कारोबार सुरु गरेको ५ महिना नबित्दै सिईओनै बाहिरिनु अर्थपुर्ण



आइएमई लाइफबाट बाहिरिए सिईओ पोखरेल, कारोबार सुरु गरेको ५ महिना नबित्दै सिईओनै बाहिरिनु अर्थपुर्ण

काठमाण्डौ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिईओ राकेश पोख्रेलले पदबाट राजिनामा दिएका छन् ।

बीमा समितिबाट अनुमति पाए लगतै गत भदौ १ गतेदेखि कारोबार सुरुगरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा सुरुवात देखिनै रहेका पोखरेलले ब्यबसाय बढाउन नसकेको आरोप खेप्दै आएकोले पदबाट राजिनामा दिएको हुनसक्ने श्रोतले जनाएको छ । 

२००९ मा सिए क्वालिफाईड तथा अर्थशास्त्रमा समेत एमए पोखरेल  बिगत सात बर्ष देखि लाईफ ईन्सुरेन्स क्षेत्रमा क्रियाशील थिए ।

कंम्पनिको पहिलो बार्षिक साधारणसभा नजिकिदैगर्दा पोखरेल आइएमई लाइफबाट बाहिरिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । कंम्पनिले पुस २६ गतेका लागी पहिलो बार्षिक साधारणसभा बोलाएको छ ।

२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्ने समेत तयारी गरेको छ । 
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all